Monday, January 13, 2020

पाेखरा देखि बेनी सम्मकाे यात्रा


           पाेखरा जिराे किलोमिटर देखि बेनि जान करिब ७० किलोमिटर लामो दुरि पार गर्नु पर्छ।अब जिराे किलोमिटर देखि यात्रा शुरु हुन्छ।जिराे देखि २/३ मिनेटमै  पाेखरा बागलुङ्गग बसपार्क पुगिन्छ ।यहि बाग्लुङ्ग
बसपार्क बाट पर्वत कुश्मा,बाग्लुङ्ग,म्यादी बेनि अनि जाेमसाेम जाने गाडी छुट्छन।बसपार्क देख अगाडि बढे
पछि सबैभन्दा पहिला नजिकै रहेकाे प्रसिद्ध बिन्ध्यबासिनी मन्दिर आउँछ,मन्दिरकाे बायाँ पट्टि हुँदै सिमपानी हेम्जा नाैडाँडाकाे उकालाे काटेर काँडे भन्ने ठाउँमा पुगिन्छ।उकालाे
लाग्नु अगाडि सुन्दर झरना पनि देख्न पाईन्छ ।
लुम्ले देखि भने ओरालाे  लाग्नु पर्छ ,नयाँ पुल,डिमुवा,पातीचाैर 
त्यस पछि पर्वतकाे कुश्मा बजार पुगिन्छ ,पछिल्लो समय कुश्मा
बजार पर्यटकिय आकर्षण बढ्दै छ ,कालीगण्डकी र मादी खाेला माथी अग्ला अग्ला पुल अनि बन्दै गरेकाे बन्जी जम्पकाे कारण दिनप्रतिदिन आन्तरिक तथा वाह्य पर्यटकहरु बढ्दाे छ।
कुश्मा बजार छाेडे पछि थाेरै सालकाे जंगल हुँदै तल झरेर सानाे
खाेला तर्नु पर्छ त्यस पछि सिधा मालढुंगा पुगिन्छ ।त्यहि ठाउँ बाट बाग्लुङ्ग बेनि राेड छुट्टिन्छ,कालीगण्डकी पुल पारी माथिल्लो खण्डमा बाग्लुङ्ग बजार अनि प्रसिद्ध कालिका मन्दिर पनि दर्शन गर्न पाईन्छ।मालढुंगा देखि वारि वारि गयाैं भने करिब आधा घन्टाको यात्रामा रमणिय बेनि बजार पुगिन्छ ।
याेे रमााइलो बेेेनि बजारकाेे तस्बिर हाेे।
बेनि बजारमा हजुरहरुलाई स्वागत छ।नमस्ते दर्शन🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

No comments:

Post a Comment

if you have any doubts.please let me know.